जोडिनुहोस
  • होमपेज
  • भैरहवाको आकाशमा थाइ एअर एसिया करिब १ घण्टा होल्ड

भैरहवाको आकाशमा थाइ एअर एसिया करिब १ घण्टा होल्ड

बुटवल। थाइल्याडको बैंककबाट भैरहवास्थित गौतम बुद्ध विमानस्थल आएको थाइ एअर एसियाको विमान भैरहवाको आकाशमा करिब १ घण्टा होल्ड भएको छ।

गौतम बुद्ध विमानस्थलको भिजिबिलिटी कम भएका कारणले थाइ एअर एसियाको विमान आकाशमा होल्ड भएको हो।

गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी विनोद राउतले विमान कम्पनीहरूले आआफ्नो भिजिबिलिटीको मापदण्ड बनाउने हुँदा थाइ एअर एसियाले कम देखेका कारण आकाशमा होल्ड भएको बताए।

सोही समयमा जजिरा विमान विमानस्थलमा अवतरण गरेपनि थाइ एअर एसियाका पाइलटलाई कम भिजिबिलिटी लागेकाले केही समय होल्ड गरेको उनले बताए।

उनले अनुकूल भिजिबिलिटी हुनासाथ थाइ एअर एसियाको विमान अवतरण गरिएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका