जोडिनुहोस
  • होमपेज
  • आज बंगलादेश बिजुली पठाइँदै

आज बंगलादेश बिजुली पठाइँदै

काठमाडौं। बंगलादेशमा आज एकदिनका लागि ४० मेगावाट विद्युत् निर्यात हुँदैछ। मध्यान्ह १२ः४५ मा नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेश विद्युत् निर्यात हुन लागेको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल उद्घाटन गरी विद्युत निर्यात सुरु गर्ने बताए।

गत असोज १७ गते काठमाडौंमा त्रिपक्षीय सम्झौता भए पनि भारतले स्वीकृति नदिँदा यसअघि निर्यात सुरु हुनसकेको थिएन।
‘आज एक दिनको लागि ४० मेगावाट विद्युत् नै निर्यातको सुरुवात गर्दै छौँ,’ घिसिङले भने, ‘त्यसपछि आगामी जुन १५ बाट नियमित निर्यात हुन थाल्छ।’

प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बंगलादेश निर्यात गर्नेछ।

मुजफ्फरपुरदेखि भारतको प्रसारणलाइनमार्फत बेहरामपुर–भेडामारा ४०० केभी प्रसारणलाइनबाट बिजुली बंगलादेश पुग्नेछ। विद्युत् प्राधिकरणका अनुसार ५ वर्षको लागि निर्यात सम्झौता भएको छ।

नेपालले बंगलादेशलाई ६.४ अमेरिकी सेन्टमा प्रतियुनिट बिक्री गर्ने हस्ताक्षर भएको छ। नेपालको विद्युत् बंगलादेश पु¥याउन भारतीय कम्पनी एनभीभीएनको व्यापारिक भूमिका रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका