जोडिनुहोस
  • होमपेज
  • रड प्रहार गरी छिमेकीको हत्या गर्ने युवक पक्राउ

रड प्रहार गरी छिमेकीको हत्या गर्ने युवक पक्राउ

झापा। रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका–५ फूलबारी बस्ने वर्ष २६ का मानकुमार राजवंशी छन्।

राजवंशीले छिमेकी गङ्गालाल माझीलाई पुरानो रिसइबीको कारण विवाद गरी हिजो राति फलामको रडले टाउकोमा प्रहार गरेका थिए। घाइते माझीको उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको थियो।

लगत्तै रड प्रहार गर्ने राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका