जोडिनुहोस
  • होमपेज
  • पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले पुर्वसभामुख ढुंगानाको निधनमा दुःख व्यक्त गरेका हुन्। उनले लेखेका छन्, ‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु।’

प्रधानमन्त्री ओलीले नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा ढुंगानाले महत्वपूर्ण योगदान दिएको भन्दै आफूले सम्झिरहेको उल्लेख गरेका छन्।

‘नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु। दिवङ्गत मित्र दमननाथ ढुंगानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना १’ प्रधानमन्त्री ओलीले लेखेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका