जोडिनुहोस
  • होमपेज
  • स्वर्णिमको प्रश्न– रविलाई दालभात खुवाउन पोखरा ल्याइएको हो ?

स्वर्णिमको प्रश्न– रविलाई दालभात खुवाउन पोखरा ल्याइएको हो ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले रवि लामिछानेमाथि अदालतले पनि प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएको छ ।

सहकारी प्रकरणमा हिरासतमा रहेका लामिछानेको बयान लम्बिएपछि रास्वपाले यस्तो आरोप लगाएको हो । रास्वपाले पोखरामा पत्रकार सम्मेलन गर्दै बयान लिन आलटाल गरिरहेको भन्दै आक्रोश व्यक्त गरेको हो ।

रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेले हिरासतमा राखेको १२५ घण्टामा ४, ५ घण्टा मात्रै बयान लिएको बताए । उनले अदालतले समेत आलटाल गर्ने कुराले लामिछानेमाथि प्रतिशोध नै साँधिएको पुष्टि भएको बताए ।

उनले रविलाई दालभात खुवाउन पोखरा ल्याइएको हो ? भन्दै प्रश्न समेत गरे ।

‘सभापतिलाई १२५ घण्टादेखि हिरासतमा राखिएको छ । त्यो समयमा ४–५ घण्टा मात्रै बयान लिइएको छ,’ उनले भने, बयान लिन आलटाल गर्ने, ‘के उहाँलाई दालभात खुवाउन ल्याएको हो ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका