जोडिनुहोस
  • होमपेज
  • बैकुण्ठ अर्यालले दिए राजीनामा

बैकुण्ठ अर्यालले दिए राजीनामा

काठमाडौं। राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्।

गत आइतबारमात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले आज राजीनामा दिएको उनी निकट स्रोतले बतायो। आगामी मन्त्रिपरिषद बैठकले उनको राजीनामाबारे निर्णय गर्ने छ।

कात्तिक १४ मा भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबार मात्र रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए। अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए।

मुद्दा जितेसँगै निलम्बन फुकुवा भएकाले उनी पुनः सरकारी जिम्मेवारीमा फर्किएका थिए। अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्ट असार १० मा मन्त्रिपरिषद बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै उनलाई सरुवा गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका