जोडिनुहोस
  • होमपेज
  • एमालेले पाएको जग्गा दान सम्बन्धीको मुद्दा हेर्न नभ्याउनेमा

एमालेले पाएको जग्गा दान सम्बन्धीको मुद्दा हेर्न नभ्याउनेमा

काठमाडौं। व्यवसायी मीनबहादुर गुरुङबाट एमालेले पाएको जग्गा दानको विवादमा दायर भएको रिट निवेदनको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको थियो । तर, उक्त मुद्दा हेर्न नभ्याउनेमा परेको हो ।

यसअघि आइतबार पनि उक्त मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो । अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा यसअघि सर्वोच्चले जग्गा दान लिई हक हस्तान्तरण लगायत काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दम्पत्ति र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्यास समेत गरिसकेका छन् ।

अदालतको आदेशसँगै एमालेको पार्टी कार्यालय निर्माणको काम तत्कालका लागि रोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका