जोडिनुहोस
  • होमपेज
  • चीन भ्रमणबारे भट्टराईले दिए प्रधानमन्त्री ओलीलाई तीन सुझाव

चीन भ्रमणबारे भट्टराईले दिए प्रधानमन्त्री ओलीलाई तीन सुझाव

काठमाडौं। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आसन्न चीन भ्रमणबारे तीन सुझाव दिएका छन्।

प्रधानमन्त्री ओलीले सोमबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरूसँग चीन भ्रमणबारे केन्द्रित रहेर छलफल गर्दैछन्। प्रधानमन्त्री ओली मङ्सिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीले राखेको छलफलमा सहभागी हुन नसक्ने जानकारी गराउँदै पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत् तीन सुझाव दिएका हुन्। भट्टराई गोरखामा छन्।

उनले नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो, स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र रहेकाले आफ्नो सार्वभौमसत्तालाई जुनसुकै हालतमा कायम राख्ने दायित्व प्रधानमन्त्रीमा रहने बताएका छन्।

भट्टराईले दुई प्रतिस्पर्धी र उदीयमान शक्तिहरू चीन र भारतबीचको नेपालको विशिष्ट भूराजनीतिक तथा आर्थिक स्थिति, सुपर पावर अमेरिका र यसका सहयोगी राष्ट्रहरूको निगरानी गरिरहेको अवस्थामा ती देशहरूसँगको मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउनुपर्ने पनि सुझाव दिएका छन्।

भट्टराईले नेपाललाई छोटो समयमा तीव्र रूपमा विकास गर्नका लागि वैदेशिक व्यापार, पुँजी, प्रविधि आवश्यक पर्ने बताउँदै चीनको विकास परियोजना बीआरआईले उपलब्ध गराएको जस्तोसुकै सम्भावनाको फाइदा उठाउनुपर्ने पनि उल्लेख गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका