जोडिनुहोस
  • होमपेज
  • बालेनले हुलाक र इमेलबाट पठाए एमालेलाई जरिवानाको सूचना

बालेनले हुलाक र इमेलबाट पठाए एमालेलाई जरिवानाको सूचना

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले नेकपा एमालेलाई जरिवाना गरेको पत्र हुलाक र इमेलबाट पठाएका छन्।

आइतबार महानगरले एमाले केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाउन खोज्दा एमालेले जरिवानाको सूचना बुझ्न अस्वीकार गरेको थियो।

मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने, ‘आज बिहान हुलाक र इमेलबाट हामीले पठाएका छौँ। उहाँहरूले बुझ्नु भयो होला।’

एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै महानगरले एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो। तर एमालेले भने काठमाडौं महानगरका मेयर बालेन शाहले एमालेमाथि राजनीतिक स्टन्ट गरेको प्रस्टीकरण दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका