जोडिनुहोस
  • होमपेज
  • कोटेश्वरको होटलबाट पेस्तोलसहित युवक पक्राउ

कोटेश्वरको होटलबाट पेस्तोलसहित युवक पक्राउ

काठमाडौं। काठमाडौंको कोटेश्वरबाट प्रहरीले एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ।

आइतबार कोटेश्वरको ब्लिसफुल होटलको एउटा कोठाबाट पेस्तोलसहित एक युवक पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार पक्राउ पर्नेमा काठमाडौंकै नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का छन्।

उनलाई होटलको कोठानम्बर ४०१ बाट पेस्तोल त्यसमा लाग्ने ९ राउन्ड गोली सहित पक्राउ गरिएको एसएसपी घिमिरेले जानकारी दिए।

पक्राउ परेका खड्कामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका