जोडिनुहोस
  • होमपेज
  • पेस्तोल बोकेर हिँडिरहेका युवक पक्राउ

पेस्तोल बोकेर हिँडिरहेका युवक पक्राउ

कपिलवस्तु। अवैध पेस्तोल लिएर हिंडिरहेको अवस्थामा मायादेवी गाउँपालिका–६, बडसुडवाका २१ वर्षीय सद्दाम हुसेन फकिर पक्राउ परेका छन्।

कम्मरमा लुकाइछिपाइ राखेको अवस्थामा कालो रंगको ४.५ मिलिमिटर क्यालिबरको डेन्जर टोय एयर पेस्तोलसहित उनलाई इलाका प्रहरी कार्यालय, पकडीको टोलीले मंगलबार पक्राउ गरेको हो। पेस्तोलसँगै त्यसमा लाग्ने ४३ थान छर्रा, पेस्तोलमा प्रयोग हुने ६ थान धमाका र एक थान मोबाइल पनि बरामद गरिएको छ।

फकिरले मोटरसाइकल चोरी गर्न खोजिरहेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि आएको प्रहरी टोलीले उनको शरीर खानतलासी गर्दा पेस्तोल बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए।

उनीमाथि हातहतियार खरखजाना मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका