जोडिनुहोस
  • होमपेज
  • स्वरोजगारलाई निरुत्साहित गर्ने कर प्रणालीप्रति रास्वपाको कडा विरोध

स्वरोजगारलाई निरुत्साहित गर्ने कर प्रणालीप्रति रास्वपाको कडा विरोध

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर विभिन्न पालिकाहरुले गैरकानूनी रुपमा सडकमा कर उठाइरहेकोप्रति आपत्ति जनाएको छ । संखुवासभाको मकालु गाउँपालिका–६ निवासी एक यातायात व्यवसायीले आफूलाई स्थानीय तहले गरिखान नदिएको भन्दै आफू आत्मदाह गर्दैछु भनी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि केन्द्रीय यातायात विभाग प्रमुख शिव नेपालीले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय क्षेत्रमा ढुवानी व्यवसाय गर्दै आएका उनलाई स्थानीय गाउँपालिकाले पटकै पिछे २००० कर उठाउँदै आएकोले मारमा परेको उनको गुनासो रहेको छ । उनको विषय प्रकाशमा आएपछि उक्त गाउँपालिकाले उठाउँदै आएको कर शुल्क घटाएको बुझिएको छ । उनी जस्ता कयौं यातायात व्यवसायीहरु त्यस्ता गैरकानूनी करको मारमा परेका छन् ।’

स्थानीय सरकारले देशका विभिन्न राजमार्ग तथा सहायक राजमार्गहरुमा अवैध रुपमा कर उठाउँदै आइरहेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘देशभर विभिन्न पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको भनी यातायात व्यवसायीबाट गुनासो आएपछि त्यस्ता गैरकानूनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन समेत भएको थियो तर यो क्रम रोकिएको छैन ।’

सरकारले स्थानीय निकायहरुबाट भइरहेका गैरकानूनी तथा जनविरोधी क्रियाकलापहरु तत्काल बन्द गराउनका साथै यातायात तथा ढुवानी व्यवसायीहरुले तिनुपर्ने स्थानीय करलाई वैज्ञानिक ढंगले निर्धारण गरी यातायात व्यवसायीहरुलाई प्रोत्साहित गर्न माग समेत गरेको छ ।

fb1b40d7 b4ed 48f5 81a2 df52bf898a6b

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका