जोडिनुहोस
  • होमपेज
  • टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

भोलि बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरी बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ।

दसैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन्। दसैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ। बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन्।

यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ। शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ।

टीका लगाउँदा टीका लगाइ माग्ने व्यक्ति पूर्व फर्किएर बस्नुपर्ने छ। मान्यजनबाट टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म चल्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका