जोडिनुहोस
  • होमपेज
  • फेरि २६०० विन्दु माथि उक्लियो नेप्से, कारोबार रकम सामान्य घट्यो

फेरि २६०० विन्दु माथि उक्लियो नेप्से, कारोबार रकम सामान्य घट्यो

काठमाडौं। सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २८.९१ अंकले बढेर २६१२.२० विन्दुमा बन्द भएको छ। यसदिन नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ।

गत कारोबार दिन अर्थात् आइतबार ४ अर्ब ५१ करोडको शेयर कारोबार भएकोमा सोमबार ४ अर्ब ४३ करोडको शेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८ करोड रूपैयाँ कमी आएको हो।

आज ३२८ वटा धितोपत्रको ८९ लाख ८ हजार ८५१ कित्ता शेयर किनबेच भएको हो। सोमबार १९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ वटाको घटेको छ। यस्तै आठ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन तीन कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ। सपोर्ट माइक्रोफान्स र सुपर मादी हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ भने बाराही हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ। यस्तै, मानुषी लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ६५ रूपैयाँ ६० पैसामा झरेको छ। दोस्रोमा कर्पोरेट डेभलपमेन्टको मूल्य ३.१६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ४७० रूपैयाँ कायम भएको छ।

आइतबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ९८७ रूपैयाँमा १८ करोड ८४ लाख रूपैयाँको शेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५.९० प्रतिशत बढेको हो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जोशी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४८२ रूपैयाँ ५० पैसामा ११ करोड ७६ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ४.२१ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यस दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशतले बढेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका