जोडिनुहोस
  • होमपेज
  • कतार एअरवेजले भैरहवा उडान रोक्यो

कतार एअरवेजले भैरहवा उडान रोक्यो

काठमाडौं। कतार एअरवेजले भैरहवा उडान रोकेको छ। कतार एअरवेजले गएको कात्तिक २७ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरिरहेको थियो । मंसिर १५ देखि उक्त उडान रोकेको हो।

विमान कम्पनीले यही मंसिर १५ सम्म रहेको भैरहवा विमानस्थलको उडान अनुमति नवीकरण गरेको छैन। कतार एअरवेजले भैरहवाबाट पुनः उडान अनुमति नलिएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

’कतार एअरवेजको उडान अनुमति नोभेम्बर ३० (मंसिर १५) सम्म थियो, नवीकरण गरेको छैन,’ उनले भने । कतार एअरवेजले काठमाडौंबाट भने दुई उडान गरिरहेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका