जोडिनुहोस
  • होमपेज
  • शेयर बजार दोहोरो अङ्कले बढेर २७ सय ७५ विन्दुमा, कारोबार रकम भने घट्यो

शेयर बजार दोहोरो अङ्कले बढेर २७ सय ७५ विन्दुमा, कारोबार रकम भने घट्यो

काठमाडौं। शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ विन्दुमा पुगेको छ ।

आज बैंक, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, जलविद्युत्, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज दिव्यश्वरी, इन्ग्वा, खानीखोला, जोशी र सुपर माई हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्यान्डे हाइड्रोपावर कम्पनीको शेयर भने साढे नौ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे १० अर्बको कारोबार भएकोमा आज तीन सय सात वटा कम्पनीका एक करोड ८१ लाख कित्ता शेयर आठ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका