जोडिनुहोस
  • होमपेज
  • आज विश्व माटो दिवस मनाइँदै

समाचार

आज विश्व माटो दिवस मनाइँदै

  • Avatar of Sanchar NP
    Sanchar NP
  • आइतवार, असार २१, २०८३
आज विश्व माटो दिवस मनाइँदै

काठमाडौं। विश्व माटो दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘माटोको सुधारः परीक्षण, रेखदेख र उपचार’ नाराका साथ दिवस मनाउन लागिएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको खाद्य तथा कृषि सङ्गठन (एफएओ)को सिफारिसमा संयुक्त राष्ट्र सङ्घको ६८ औँ महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको थियो ।

माटो दिवस नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्रले संयुक्त रूपमा मनाउन लागिएको जनाइएको छ । नेपालमा भने काभ्रेको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुवात गरी विश्व माटो दिवस मनाउन सुरु गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका