जोडिनुहोस
  • होमपेज
  • यू-१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज यूएईविरुद्व खेल्ने

यू-१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज यूएईविरुद्व खेल्ने

नेपालले यूएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो। उक्त खेल आज बिहान ११:१५ बजे सुरु हुने छ। बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो। उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो। प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्।

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू-१९ महिला टी-२० विश्वकपका लागि छनोट हुनेछ। यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका