जोडिनुहोस
  • होमपेज
  • प्याजमा आत्मनिर्भर हुन विदुरमा ‘प्याज पकेट’ कार्यक्रम

प्याजमा आत्मनिर्भर हुन विदुरमा ‘प्याज पकेट’ कार्यक्रम

नुवाकोट। नुवाकोटको विदुर नगरपालिकाले प्याजमा आत्मनिर्भर बनाउन ‘प्याज पकेट’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

विगतका वर्षमा परीक्षणको सुरु गरेको यस कार्यक्रमलाई चालु आर्थिक वर्षदेखि वडा नम्बर ७ मा व्यावसायिक उत्पादन गरी नगरलाई प्याजमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

उनले पालिकालाई आत्मनिर्भर बनाउँदै किसानको आर्थिक उपार्जन वृद्धिमा समेत सहयोग पुर्‍याउन ‘प्याज पकेट’ कार्यक्रमलाई गौरवको योजनाका रूपमा सञ्चालन गरिएको बताए ।

“प्याज पकेट क्षेत्रका किसानलाई आवश्यक पर्ने उन्नत जातका बिरुवाका लागि नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराएको छ”, नगरप्रमुख श्रेष्ठले भने,“दुईवटा कृषि सहकारीलाई उन्नत जात ९रेड क्रियोल०को बीउबाट बिरुवा उत्पादन गरेर पकेट क्षेत्रका किसानलाई सहुलियत शुल्कमा वितरणको प्रबन्ध मिलाएका छौँ ।”

विगतका परीक्षणका रूपमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बन्नुका साथै स्थानीय किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउन थालेपछि प्याजको व्यावसायिक उत्पादनलाई जोड दिइएको पालिकाको कृषि शाखाले जनाएको छ ।

बीउ उपलब्ध गराएका किसानले बिरुवा रोप्न सुरु गरेदेखि उनीहरूलाई बजारिकरणसम्म सहयोग पुर्‍याउन विभिन्न कार्यक्रम समावेश गरिएको छ । कार्यक्रम सफल बनाउन कृषि औजार, सिँचाइ पाइप, प्राविधिक परामर्श दिइने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका