जोडिनुहोस
  • होमपेज
  • महिला अधिकारमा मङ्गलादेवीको योगदान महत्त्वपूर्णः उपप्रधानमन्त्री सिंह

महिला अधिकारमा मङ्गलादेवीको योगदान महत्त्वपूर्णः उपप्रधानमन्त्री सिंह

काठमाडौं। उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल महिला सङ्घ काठमाडौंले मङ्गलादेवी सिंहको शतवार्षिक जन्मजयन्तीका अवसरमा काठमाडौंको नयाँबानेश्वरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको सालिकमा माल्यार्पणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपालको महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मङ्गलादेवी सिंहको योगदान महत्त्वपूर्ण रहेको बताए ।

उनले राणाकालमै महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्तिमाथिको हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मङ्गलादेवी सिंहले सङ्घर्ष गरेकै कारण उपलब्धि हासिल भएको दाबी गरे ।

उनले अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवी सिंहकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको उल्लेख गरे ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला सङ्घको स्थापना भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका