जोडिनुहोस
  • होमपेज
  • श्रीलंकाका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा

श्रीलंकाका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा

एजेन्सी। श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न आइतबार भारत आउने भएका छन् ।

श्रीलंकाको सूचना मन्त्री नलिंदा जयतिसाले राष्ट्रपति दिसानायकेले तीन दिन भारतमा प्रधानमन्त्री मोदी र अन्य अधिकारीहरूसँग भेट गर्ने जानकारी दिए।

वामपन्थी दिसानायके भ्रष्टाचार विरुद्ध लड्ने वाचामा सेप्टेम्बरमा सत्तामा आएका हुन् । गत महिना भएको संसदीय चुनावमा उनको पार्टीले ठूलो जित हासिल गरेपछि सत्तामा आफ्नो पकड बलियो बनाए ।

नयाँ दिल्ली श्रीलंकामा बेइजिङको बढ्दो प्रभावको बारेमा चिन्तित छ, जसलाई उसले भूराजनीतिक प्रभावको क्षेत्रको रूपमा हेर्छ । दिसानायके अर्को महिना चिनियाँ नेताहरूसँग वार्ता गर्न बेइजिङ जाने अपेक्षा गरिएको सरकारले यसअघि घोषणा गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?