जोडिनुहोस
  • होमपेज
  • झाँकी प्रदर्शनसहित कार्यक्रममा उपस्थित हुन काठमाडौं महानगरको निर्देशन

झाँकी प्रदर्शनसहित कार्यक्रममा उपस्थित हुन काठमाडौं महानगरको निर्देशन

काठमाडौं। काठमाडौं महानगरपालिकाले ३० औं महानगर दिवसको कार्यक्रम न्यूनतम ५० जनाको सङ्ख्यामा झाँकी प्रदर्शनसहित उपस्थित हुन सबै वडालाई निर्देशन दिएको छ।

महानगरपालिकाले सूचना जारी गर्दै ब्यानरसहित आआफ्नो मौलिक र परम्परागत भेषभूषा, बाजागाजासहितको झाँकी प्रदर्शनसहित उपस्थित हुन निर्देशन दिएको हो।

सूचनामा भनिएको छ, ‘३० औं महानगर दिवसको उपलक्ष्यमा तहाँ वडाबाट न्यूनतम ५० जनाको सङ्ख्यामा ब्यानर सहित आ(आफ्नो मौलिक र परम्परागत भेषभूषा, बाजागाजा सहितको झाँकी प्रदर्शन गर्ने निर्णय भएको हुँदा झाँकीसहित उपस्थितिका लागि अनुरोध छ।’

महानगरपालिकाले यही मंसिर २९ गते शनिबार ३० औं महानगर दिवस मनाउँदै छ। महानगरपालिकाले उक्त अवसरमा टुँडिखेलमा ख्यातिप्राप्त कलाकारहरूको सांस्कृतिक प्रस्तुति हुने जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका