जोडिनुहोस
  • होमपेज
  • आजको मौसमः तराई र उपत्यकामा हुस्सु र कुहिरो

आजको मौसमः तराई र उपत्यकामा हुस्सु र कुहिरो

काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बिहान तराई तथा काठमाडौं उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो र राति पनि मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ। यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका