जोडिनुहोस
  • होमपेज
  • फौजी जागिरमा बिशेष महत्व हुन्छ ‘जागिर वार्षिकोत्सवको’

फौजी जागिरमा बिशेष महत्व हुन्छ ‘जागिर वार्षिकोत्सवको’

हुन त कस्लाई पो बिशेष लाग्दैन होला र आफ्नो जन्मदिनको ! तर पनि सामुहिक रुपमा आफ्नो जागिरको सुरुवाती दिनलाई Job Anniversary भनेर बिशेष प्रकारले स्मरण गर्ने गरिन्छ फौजी जिवनमा । सो Job Anniversary  को दिनमा एक आपसमा अतितलाई स्मरण गर्दै शुभकामना आदान प्रदान गर्ने, पायक पर्ने स्थानमा भेटघाट तथा रमाईलो आदि गर्दे गर्दछन् फौजीहरु त्यसैले त फौजि जिवनमा अझै यस्को महत्व बिशेष प्रकारले हुने गर्दछ । फौजीमा भर्ना हुँदा केवल सिमित व्यक्ति नभएर ठुलो संख्यामा एकै पटक पूर्व मेची देखि पश्चिम महाकाली सम्मका धेरै भन्दा धेरैलाई भर्ना लिईन्छ अनि त्यसरी एकपटक नियुक्ति भएकाहरुले एक आपसमा जोडा वा व्याजी भन्ने गरिन्छ, यसरी आ-आफ्नै व्याजी वा जोडाहरुले हरेक वर्ष आफ्नो जागिर शुरु गरेको दिनलाई Job Anniversary मनाएर शुभकामना आदान प्रदान तथा जो जहाँ भएपनि भेटघाटको अवसर मिलाउने गरेका हुन्छन् ।

आजभन्दा करिव २५ वर्ष पहिले आजैका दिन अर्थात् २०५७ साल कार्तिक २५ गते फौजी जिवन शुरु गरेका झण्डै १७०० जना प्रहरी कर्मचारीहरुले आजको दिनलाई आफ्नो जागिरको वार्षिकोत्सवको रुपमा मनाउँदैछन् । २५ वर्ष पहिले एकदैनि फौजी संगठनमा जवानको रुपमा प्रवेश गरेता पनि समयक्रमसंगै आज कोही ईनेस्पेक्टर, कोही नायव निरिक्षक, कोही सहायक निरीक्षक पदमै बहाल छन् भने कोही आफ्नो पेसन्सन अवधि पुरा गरी उद्यमी, व्यापारी, राजनीतिज्ञ, समाजसेवी र अन्य वैदेशिक तथा स्वदेशमै रोजगारीको रुपमा विभिन्न क्षेत्रमा कामकाज गर्दै आईरहेका छन्, त्यस्तै कतिले संकटकालमा आफ्नो ज्यानको आहुति दिई सहादत प्राप्त गरी आफुलाई अमर सहितको रुपमा चित परिचित गराईरहेका छन् । अतः जो जहाँ जुन अवस्थामा भएपनि आजको दिनलाई उहाँहरुले बिशेष दिनको रुपमा मनाउने गर्दछन्, आ-आफ्नो पायक पर्ने स्थानमा भेला जम्मा भई भेटघाट तथा शुभकामना आदान प्रदान गर्दछन् भने केहि नभएपनि सामान्यतय फेसबुकको भित्ताहरुमा भएपनि आजको दिनलाई बिशेष गरेर स्मरण गर्ने गर्दछन् कार्तिक २५ गते नियुक्ति प्राप्त गरेका फौजी जागिरका साथिहरु । यसरी हरेक फौजीका जागिरका व्याजी तथा जोडाहरुले आफ्नो जागिरको जन्मदिनलाई यसरी नै मनाउदै आउने चलन छ र सो दिनलाई बिशेष महत्त्वको दिन पनि मान्ने प्रचलन रहेको पाईन्छ ।

हर्क रावल देवाश्रीत

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका