जोडिनुहोस
  • होमपेज
  • माओवादी स्थायी समिति बैठक सुरु

राजनीति

माओवादी स्थायी समिति बैठक सुरु

  • Avatar of Sanchar NP
    Sanchar NP
  • बिहिबार, साउन १४, २०८३
माओवादी स्थायी समिति बैठक सुरु

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको पार्टीका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

‘अहिले १२ बजेबाट बैठक सुरु भएको छ,’ उनले भने। बिहान ११ बजेका लागि बोलाइएको बैठक एक घन्टा ढिलोगरी सुरु भएको हो। बुधबार दिउँसो ३ बजे नै बस्ने भनिएपनि अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएकाले आजलाई बैठक सारिएको थियो।

नेताहरूका अनुसार बैठकबाट सरकारले संविधान संशोधनको प्रयास अगाडि बणउन खोजेकाले त्यसबारे पार्टीको धारणा तय हुनेछ।

पुस ४ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ। केन्द्रीय समितिको बैठकको तयारी र एजेण्डाहरूका विषयमा पनि स्थायी समिति बैठकमा छलफल हुने बताइएको छ।

यसअघि बसेको पदाधिकारी बैठकमा नेताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्णसमानुपातिक निर्वाचन प्रणाली र संसद बाहिरबाट मन्त्री बनाउने व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने बताएका छन्।

यो विषयमा प्रतिपक्षमा रहेका दलहरूसँग समेत छलफल गरेर साझा रुपमा जाने र पार्टीको संरचना यो मुद्दा लिएर जनतामा जाने तयारी रहेको नेताहरू बताउँछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका