जोडिनुहोस
  • होमपेज
  • ग्रिसमा आप्रावासी चढेको डुंङ्गा पल्टिदा दर्जनौं बेपत्ता

ग्रिसमा आप्रावासी चढेको डुंङ्गा पल्टिदा दर्जनौं बेपत्ता

रोम। ग्रीसको गाभडोसमा दुईवटा डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन् । भू–मध्यसागरको दक्षिणी टापु गाभडोसमा डुङ्गा पल्टिए पछि १ जनाको शव फेला पारेको र ३९ आप्रवासीलाई समुद्रबाट उद्धार गरेको ग्रिसका तटरक्षकले बताएका छन् । अझै धेरै बेपत्ता भएका छन्।

ग्रिसको कोस्टगार्डले शनिबार जहाज र विमानको सहयोगमा खोजी अभियान सुरु गरेको छ तर अझैसम्म तिनिहरू फेला परिसकेका छैनन । इटालियन फ्रिगेट र हेलिकप्टरहरू सम्भावित क्षेत्रमा खोजी कार्य जारी राखिरहेका छन । उनीहरूको खोजीका लागि थप जहाजहरू सो क्षेत्रमा पठाइएको छ ।

शनिबार छुट्टाछुट्टै घटनाहरूमा माल्टाको झण्डा बोकेको कार्गो जहाजले गाभडोसबाट७४ किलोमिटर ४७ आप्रवासीहरूलाई उद्धार ग¥यो, जबकि एउटा ट्याङ्करले टापुबाट ५२ किलोमिटर टाढा अन्य ८८ जनालाई उद्धार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रारम्भिक जानकारीका अनुसार कोस्टगार्ड अधिकारीहरूले लिबियाबाट ती डुङ्गाहरू युरोप आउन लागेको प्रारम्भिक जानकारी प्राप्त गरेका छन् ।

सन २०१५–१६ देखी मध्य पूर्व, अफ्रिका र एशियाबाट लगभग १ मिलियन आप्रवासीहरू ग्रिसमा आइपुगेका छन, जसमध्ये अधिकांशले इन्फ्लेटेबल डिङ्गीहरूमा समुद्र पार गर्ने खतरनाक मार्ग अपनाएका थिए ।a

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका