जोडिनुहोस
  • होमपेज
  • पूर्व मेयर पीएल सिंहको निधनमा काठमाडौं महानगरपालिकामा सोक बिदा

पूर्व मेयर पीएल सिंहको निधनमा काठमाडौं महानगरपालिकामा सोक बिदा

काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको असामयिक निधनमा आज महानगरपालिकाल सार्वजनिक बिदा दिएको छ ।

८७ वर्षीय सिंहको निधनमा महानगरपालिका र मातहतका कार्यालयमा बिदा दिइएको हो । सिंह २०४९ सालमा भएको स्थानीय चुनावबाट काठमाडौं नगरपालिकाका मेयरका रुपमा निर्वाचित भएका हुन् । उनकै कार्यकालमा २०५२ साल मङ्सिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।

सिंहको पार्थिव शरीर बिहान ११ बजेसम्म नीजि निवास ठमेलको चाक्सीबारीमा राखिनेछ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा एक घण्टा राखिनेछ ।

दिउँसो एक बजे विष्णुमती नदी किनारामा रहेको लखतीर्थमा उनको अन्तिम संस्कार हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका