जोडिनुहोस
  • होमपेज
  • आज कहाँ—कहाँ छ वर्षाको सम्भावना?

आज कहाँ—कहाँ छ वर्षाको सम्भावना?

काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। सोमबार साँझबाट सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिने महाशाखाको पूर्वानुमान छ।

अहिले बिहान कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै तराई लगायत पहाडी भू–भागका केही स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ।

आगामी २४ घण्टा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दूई स्थानमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु÷कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, यातायात तथा हवाई उड्डयनमा क्षणिक÷आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन पनि महाशाखाले अनुरोध गरेको छ।

यसैबीच मौसमविद् विनोद पोखरेलले हिउँदे वर्षा सोमबार रातिदेखि बुधबार बिहानसम्म पश्चिम नेपालमा हुने बताएका छन्। यसपटक पहाडी र हिमाली भेगमा वर्षा हुने राम्रो सम्भावना रहेको उनको भनाइ छ। काठमाडौं र पोखरामा छिटपुट वर्षाको सम्भावना रहेको उनले बताए।

अर्को वर्षा गराउने प्रणाली फेरि शुक्रबार भित्रँदैछ। त्यसले पनि आधा पश्चिम नेपालमा मात्रै प्रभाव पार्ने उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका