जोडिनुहोस
  • होमपेज
  • ट्रम्पको निर्णयविरुद्ध मेक्सिकोले अमेरिकी सामानमा कर लगाउने

ट्रम्पको निर्णयविरुद्ध मेक्सिकोले अमेरिकी सामानमा कर लगाउने

मेक्सिको। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय गरे लगत्तै मेक्सिकोलेसमेत अमेरिकी सामानामा कर लगाउने तयारी गरेको छ।

मेक्सिकोको राष्ट्रपति क्लाउडिया सियनबामले अमेरिकी सामानमा कर लगाउने आशय व्यक्त गरेकी हुन्। उनले अमेरिकी सामानमा कत्ति कर लगाउने भन्ने विषयमा अमेरिकाले गर्ने व्यवहारमा निर्भर रहने उल्लेख गरेकी छन्।

सोमबार यस बारेमा मेक्सिकोले निर्णय गर्न सक्ने समेत उनले बताएकी छन्। उनले मेक्सिकोको सरकारकै सहकार्यमा अमेरिकामा अवैध लागूऔषध पुगेको आरोपको खण्डन गर्दै अमेरिकाले नै यसलाई रोक्न पर्याप्त कदम चाल्न नसकेको बताइन्।

उनले अमेरिकामा रहेका आफ्ना नागरिकलाई हार्दिकतापूर्वक स्वागत गर्ने समेत बताएकी छिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका