जोडिनुहोस
  • होमपेज
  • देशभरको मौसम घमाइलो, शुक्रबारबाट भित्रिँदैछ अर्को पानी पार्ने प्रणाली

देशभरको मौसम घमाइलो, शुक्रबारबाट भित्रिँदैछ अर्को पानी पार्ने प्रणाली

काठमाडौं। अहिले देशका अधिकांश भूभागमा मौसम घमाइलो छ।

सोमबार साँझबाट भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले काठमाडौंसम्म छिटपुट वर्षा गराएको थियो। चितवनका केही भूभागमा ११.४ मिलिमिटर वर्षा भएको थियो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि हल्का वर्षा भएको थियो।

शुक्रबारदेखि भित्रने अर्को प्रणालीले पश्चिम नेपालमा राम्रै वर्षा गराउने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

आगामी शनिबार काठमाडौंलगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा हल्का वर्षाको सम्भावना रहेको उनले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका