जोडिनुहोस
  • होमपेज
  • कांग्रेसको १०० दिने अभियान माघ १६ गतेसम्म चल्ने

कांग्रेसको १०० दिने अभियान माघ १६ गतेसम्म चल्ने

काठमाडौं। नेपाली कांग्रेसले १०० दिने विशेष अभियान माघ १६ गतेसम्म सञ्चालन गर्ने भएको छ। केही जिल्लाहरूमा १०० दिने विशेष अभियान ढिला सुरू भएकोले माघ १६ गतेसम्म सक्न समय थप गरिएको हो।

कांग्रेसले असोज ७ गते अभियान सुरू गरेको थियो। यो अभियान राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन पुस १६ गते समापन गर्ने तयारी भइरहेका बेला अभियानको समयसीमा बढाइएको हो।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी सांगठनिक गतिविधि प्रभावकारी बनाउन असोज ७ गतेदेखि पुस १६ गतेसम्म १०० दिने विशेष अभियान चलाउने निर्णय गरेको थियो।

बाढीपहिरो र स्थानीय तह उपचुनावका कारण विभिन्न जिल्लामा अभियान समयमै सुरू हुन सकेको थिएन। ती जिल्लाहरूले सहिद दिवसका दिन १६ माघ २०८१ समापन गर्ने गरी अभियानको समयावधि थप गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबैलाई थप अवधिमा व्यवस्थित रूपले काम अघि बढाउन पनि कांग्रेस केन्द्रीय कार्यालयले आग्रह गरेको छ। कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर संगठन सुदृढीकरणलगायत काममा खटाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका