जोडिनुहोस
  • होमपेज
  • नेविसंघमा शेखर पक्षको समानान्तर गतिविधि, तनहुँमा भेला गरेर तोक्यो अध्यक्ष

नेविसंघमा शेखर पक्षको समानान्तर गतिविधि, तनहुँमा भेला गरेर तोक्यो अध्यक्ष

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा नेता शेखर कोइरालानिकट विद्यार्थीहरूले समानान्तर गतिविधि गरिरहेका छन्।

कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगर, नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमाल, केन्द्रीय सदस्यहरू भुवन भट्ट, विनोद शाही ठकुरी लगायतले तनहुँमा विद्यार्थी भेला गरी जिल्ला अध्यक्ष तोकेका हुन्।

‘वृहत जिल्ला भेला गरेर सर्वसम्मत रूपमा सोनकुमार आलेलाई जिल्ला अध्यक्ष बनाइएको हो,’ केन्द्रीय सदस्य भट्टले भने, ‘यथाशीघ्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी उहाँलाई अध्यक्षको जिम्मेवारी दिइएको हो।’

आलेलाई जिल्ला अध्यक्षको चिठी भने पुस १२ गते नेविसंघ केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य विक्रमादित्य सिंह (गिरी) ले हस्ताक्षर गरेको पत्र दिइएको छ।

कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगरले ७७ जनालाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाउँदै इकाइ अधिवेशन गराउनेलगायत जिम्मेवारी पनि दिएकी थिइन्।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले गत पुस २ गते ११३ क्याम्पसमा केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधि तोकेर पुस ७ गतेदेखि सदस्यता वितरण अभियान चलाइरहेका छन्। संस्थापन पक्षले नेविसंघ तनहुँ अध्यक्षको जिम्मेवारी आशिस कैनीलाई दिएको थियो।

केन्द्रीय प्रतिनिधि तोक्दा आफूहरूसँग समन्वय नगरिएको भन्दै कोइरालानिकट नेविसंघले केन्द्रीय प्रतिनिधि तोक्ने, जिल्ला भेला गरी जिल्ला अध्यक्ष तोक्नेजस्ता समानान्तर गतिविधि गरिरहेका छन्।

नेविसंघलाई कांग्रेसले चैतभित्र १२ औं महाधिवेशन गर्न समय दिएको छ भने सहजीकरण गर्न निर्देशन समिति पनि गठन गरेको छ। तर समानान्तर गतिविधि भइरहे पनि निर्देशक समितिले समस्याको समाधान गर्न सकेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका