जोडिनुहोस
  • होमपेज
  • मिलापत्रपछि छुटे साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम

मिलापत्रपछि छुटे साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम

काठमाडौं। साई स्वागत सहकारीका अध्यक्ष भरत जंगमले पीडित पक्षसँग मिलापत्र गरेर छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार जंगम केही दिनअघि नै पीडित पक्षसँग मिलापत्र गरेर छुटेका हुन्।

सरकारी वकिल कार्यालय काठमाडौंका न्यायाधिवक्ता खडिन्द्र कटुवालका अनुसार जंगमले पीडितले जाहेरीमा माग गरेको बिगो रकम बुझाएका थिए।

गुडविल फर पेमेन्ट चेकमार्फत् एक करोड बढी रकम बुझाएपछि मिलापत्र गरी छुटेको कटुवालले बताए। पुस ७ गते प्रहरीले उनलाई साई सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका