जोडिनुहोस
  • होमपेज
  • अमेरिकाको ट्रम्प होटल अगाडि टेस्ला साइबरट्रकमा विस्फोट

अमेरिकाको ट्रम्प होटल अगाडि टेस्ला साइबरट्रकमा विस्फोट

काठमाडौं। अमेरिकाको लस भेगासमा रहेको ट्रम्प होटल अगाडी टेस्ला साइबरट्रकमा विस्फोट भएको छ । यो घटनामा चालकको ज्यान जानुका साथै अरु सात जना घाइते भएका छन् । होटल बाहिर इन्धन र आतिशबाजीले भरिएको रोकिराखेको ट्रकमा विस्फोट भएपछि प्रहरीले अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ ।

ट्रक विस्फोट हुनु भन्दा दुई घण्टाअघि मात्र लस भेगास शहरमा आइपुगेको प्रहरी अधिकारीले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ । अनुसन्धानकर्ताले यसअघि न्यू अर्लिन्समा भएको घटनासँग पछिल्लो घटनाक्रम जोडिएको छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन् ।

न्यू अर्लिन्समा एउटा ट्रक मानिसको भिडमा घुस्दा १५ जनाको ज्यान गएसँगै ३५ जनाभन्दा धेरै घाइते भएका थिए ।

टेस्लाका मालिक उद्योगपति एलोन मस्कले टेस्ला साइबरट्रकमा भएको विस्फोट र न्यू अर्लिन्समा भएको घटना कुनै न कुनै रूपमा सम्बन्धित हुनसक्ने बताउनुभएको खबरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने ह्वाइट हाउसले घटनाबारे सुक्ष्म विश्लेषण गरिरहेको भन्दै दुई घटनाबीच कुनै सम्बन्ध नभएको बताउदै आएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका