जोडिनुहोस
  • होमपेज
  • ओठेभक्ति प्रदर्शनले देश बन्दैनः अर्जुननरसिंह केसी

ओठेभक्ति प्रदर्शनले देश बन्दैनः अर्जुननरसिंह केसी

काठमाडौं। नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले ओठेभक्तिको प्रदर्शनले देश नबन्ने बताएका छन्। शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘देश अत्यन्त जटिलतम र चुनौतिपूर्ण परिस्थितिमा छ । आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति छ । दण्ड विहीनता, विधि विहीनता र हामी सुशासनको नाममा निरन्तर ओठे भक्ति प्रदर्शन गरिरहेका छौँ, तर सुशासनको पहिलो र प्रमुख शर्त भनेको भ्रष्टाचार मुक्त समाज हो । जबसम्म भ्रष्टाचार मुक्त समाज हुन सक्दैन, त्यति बेलासम्म सुशासन कायम हुँदैन, उनले भने ।

“सुशासनको सट्टा अहिले दुःशासनको परिदृश्य निर्माण भएको अवस्था छ । पूर्व प्रधानमन्त्री र अहिलेको प्रमुख प्रतिपक्ष दलको नेतालाई के भन्न खोजिरहेको छु भने हामीले धेरै ब्लेन गेमहरु गनरौं” उनले भने, “एउटाले अर्कोलाई दोष लगाउने, सत्ता बाहिर गयो, सबैभन्दा बढी पवित्र हुने, सत्तामा हुँदा जो भए पनि बिर्सिनेखालको परिस्थिति छ, त्यसलाई एउटा निश्चित मापदण्ड बनाऔँ । मानक बनाऔँ भ्रष्टाचार नियन्त्रणको निम्ति ।”

भ्रष्टाचार निवारण गर्न मुखले ओठेभक्ति गरेर मात्र नपुग्ने उनको भनाइ छ । अहिलेसम्म नेपालमा चर्चित भ्रष्टाचार, संसदमा उठेका पक्ष, विपक्षले उठेका भ्रष्टाचारको छानविन गर्न नेपाली जनताले चिनेको निष्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गर्न उनले सुझाव दिनए । नेता केसीले सत्तामा पुगेकालाई नियतबस भ्रम फैल्याएर बद्नाम गर्न खोजिएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका