जोडिनुहोस
  • होमपेज
  • इरानमा चरमपन्थी समुहको आक्रमण, १० प्रहरीको मृत्यु

इरानमा चरमपन्थी समुहको आक्रमण, १० प्रहरीको मृत्यु

काठमाडौं। इजरायली आक्रमणपछि इरानले अर्को आक्रमणको सामना गरेको छ । इरानको तफ्तानमा चरमपन्थी समूह जैश–अल–अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका छन् । तफ्तान क्षेत्र पाकिस्तानको सिमाना नजिक छ ।

इरानको गृह मन्त्रालयका अनुसार सशस्त्र आक्रमणकारीले इरानको सिस्तान र बलुचिस्तानको सिमानामा रहेको सहर तफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा हमला गरेको छ ।

इरानका गृहमन्त्री इस्कन्दर मोमानीले घटनालाई ‘आतंकवादी’ हमला भन्दै तत्काल छानबिन गर्न आदेश दिएका छन्।

सिस्तान र बलुचिस्तानको पुलिस सूचना केन्द्रले पनि विज्ञप्तिमा यसको पुष्टि गर्‍यो र भन्यो, ‘तफ्तान शहरको गोहर कोह पुलिस स्टेशनका दुई गस्ती इकाईका १० जना प्रहरी मारिएका छन् ।’

जब यो हमला भएको थियो, प्रहरी जवानहरू आफ्नो कर्तव्य पूरा गरेर घर फर्किरहेका थिए । जैश–अल–अदलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ र भन्यो, ‘तफ्तान शहरको गोहरकोहमा फर्जा जबर बलको गस्ती इकाईलाई निशाना बनाइएको थियो ।’

जैश–अल–अदल एक सशस्त्र चरमपन्थी संगठन हो । यो संगठन इरानी सरकारको विरोध गर्दछ । यो संगठनले आफूलाई न्याय र समानताको सेना पनि भनिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका