जोडिनुहोस
  • होमपेज
  • यस्तो छ नेपालमा भूकम्पले पुर्‍याएको क्षतिको विवरण

यस्तो छ नेपालमा भूकम्पले पुर्‍याएको क्षतिको विवरण

काठमाडौं। चीनको दिङ्गे केन्द्रबिन्दु भई मंगलबार बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्पमा परी नेपालमा दुई जना घाइते भएका छन् ।

बुधबार बिहान १० बजेसम्मको सूचना अनुसार नेपालमा १७ घर आंशिक तथा एक घर पूर्णरूपमा क्षतिग्रस्त भएको नेपाल प्रहरीले जनाएको छ । यस्तै, एक गोठ पूर्ण रूपमा तथा दुई वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

यस्तै, एक विद्यालय र दुई प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ । कुल २२ लाख २५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भूकम्पबाट ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, काभ्रे, बारा, काठमाडौं, सिन्धुपाल्चोक, रामेछाप र खोटाङ भूकम्पबाट प्रभावित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?