जोडिनुहोस
  • होमपेज
  • कमिसन खानलाई देउवाले विमानस्थल बनाउन खोजेः माधव नेपाल

कमिसन खानलाई देउवाले विमानस्थल बनाउन खोजेः माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कमिसन खानलाई पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन्।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै नेपालले काँग्रेस सभापति देउवामाथि यस्तो आरोप लगाएका हुन्। उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा पनि विमानस्थल बनाउने निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताए। उनले छिमेकी जिल्ला बैतडी र डोटीका विमानस्थल चल्न नसकेका वेला डडेलधुरामा विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु रहेको स्पष्ट पारे।

उनले उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नरहेको उल्लेख गरे। मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरू कुनै उद्देश्य नरहेको बताए। विमानस्थलहरू चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरूले लिनुपर्ने बताए।

नेपालले भने‚ ‘आवश्यकता नै नभएका विमानस्थल बनाइरहेका छौँ। त्यो विमानस्थल बनाउने निर्णय गर्नेहरू दोषी हुन्छन् कि हुँदैनन् ? शेरबहादुरजीको जिल्लामा विमानस्थल चल्छ ? बैतडीमा चलिरहेको छ ? डोटीमा छैन ? के छ त्यसको हालत ? किन बनाउनु पर्‍यो। भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ। सिधा त्यो कुरा बाहेक अरू केही पनि होइन।’

अध्यक्ष नेपालले नेपाल वायुसेवा निगम घाटामा छ भन्ने र अर्कोतर्फ आवश्यक नभएका ठूला भवनहरू किन बनाएको भन्दै प्रश्न गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका