जोडिनुहोस
  • होमपेज
  • रवि लामिछाने काठमाडौं अदालतमा आइतबार मात्र हाजिर हुने

रवि लामिछाने काठमाडौं अदालतमा आइतबार मात्र हाजिर हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार (आज) काठमाडौं जिल्ला अदालतमा हाजिर नहुने भएका छन् । लामिछानेलाई कास्की जिल्ला अदालतले बिहीबार (हिजो) धरौटीमा छाड्ने आदेश गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेसित ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । धरौटी रकम बुझाएर लामिछाने बिहीबार नै थुनामुक्त भइसकेका छन् ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा भएका कारण शुक्रबार हाजिर हुने तयारी थियो । तर, उनी आइतबार मात्र काठमाडौं अदालतमा हाजिर हुने लामिछानेका एक सहयोगीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका