जोडिनुहोस
  • होमपेज
  • टेस्ट क्रिकेटमा अस्ट्रेलियाका स्टिभ स्मिथको १० हजार रन पूरा

टेस्ट क्रिकेटमा अस्ट्रेलियाका स्टिभ स्मिथको १० हजार रन पूरा

काठमाडौं। टेस्ट क्रिकेटमा अस्ट्रेलियाका स्टिभ स्मिथले १० हजार रन पूरा गरेका छन् । श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेटमा १ रन जोड्दै स्मिथले यो उपलब्धि हासिल गरेका हुन् ।

स्मिथ टेस्ट क्रिकेटमा १० हजार रन पूरा गर्ने विश्वको १५औं तथा अस्ट्रेलियाका चौथो ब्याटर बनेका छन् । टेस्ट क्रिकेटमा यसअघि भारतका सचिन तेन्दुलकर, अस्ट्रेलियाका रिकी पोन्टिङ, दक्षिण अफ्रिकाका ज्याक कालिस, भारतका राहुल द्रभिड, इङ्गल्यान्डका जोए रुट, इङ्गल्यान्डका एलेस्टर कुक, श्रीलङ्काका कुमार साङ्गाकारा, वेस्ट इन्डिजका ब्रायन लारा, वेस्ट इन्डिजकै शिभनरायन चन्दरपल, श्रीलङ्काका माहिला जयवद्र्धेने, अस्ट्रेलियाका अलान बोर्डर, अस्ट्रेलियाकै स्टिभ वाग, भारतका सुनिल गाभस्कर र पाकिस्तानका युनिस खानले १० हजार रन पूरा गरेका थिए ।

यस्तै स्टिभ स्मिथ टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन पूरा गर्ने चौथो खेलाडी बनेका छन् । ३५ वर्षीय स्मिथले २ सय ५ पारीमा यो उपलब्धि हासिल गरेका हुन् । स्मिथले सन् २०१० मा पाकिस्तानसँगको खेलमा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका