जोडिनुहोस
  • होमपेज
  • प्रचण्ड, माधवकुमार नेपाल र राजेन्द्र लिङ्देनबीच भेटवार्ता

प्रचण्ड, माधवकुमार नेपाल र राजेन्द्र लिङ्देनबीच भेटवार्ता

काठमाडौं। सिंहदरबारमा प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच छलफल भएको छ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको हो।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित रहेको थियो।

राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीमा चियापान समारोह गर्दैछ। यसै सन्दर्भमा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग पनि भेटवार्ता गरिसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका