जोडिनुहोस
  • होमपेज
  • रविको बयान काठमाडौंका न्यायाधीश अधिकारीको इजलासमा

रविको बयान काठमाडौंका न्यायाधीश अधिकारीको इजलासमा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको बयान जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा तोकिएको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनको कसुरमा उनीमाथि काठमाडौं अदालतमा बयान हुने भएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका लामिछाने आज बिहान काठमाडौं अदालतमा आफैँ उपस्थित भएका थिए ।

स्वर्णलक्ष्मी सहकरीको रकम अपचन अभियोगमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा यही पुस २१ गते मुद्दा दायर भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका