जोडिनुहोस
  • होमपेज
  • अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति

अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति

चितवन। नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी भएको स्पष्ट गरेका छन् । बिहिबार पत्रकारहरूसँग कुरा गर्दै उनले सदन सञ्चालन नभएका बेला अत्यावश्यक ऐन कानून अध्यादेशमार्फत जारी हुनु न्यायसङ्गत भएको तर्क गरे ।

उनले भने, ‘अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको हो । व्यवसायीका निराशालाई आशामा बदल्न अध्यादेश आवश्यक थियो ।’

ऐन कानुनले केही विषय बाँधिएकाले संशोधनस्वरुप अध्यादेश ल्याइएको उनको भनाइ थियो । फरक प्रसङ्गमा उनले वर्तमान सत्ता समीकरण कसैले चाहँदैमा परिवर्तन नहुने बताए।

उनले भने ‘कांग्रेस र एमालेबीचमा भएको समझदारी अनुसार नै सरकारले काम गरिरहेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका