जोडिनुहोस
  • होमपेज
  • ट्राफिक प्रहरी कार्यालय रोल्पाका तत्कालीन प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर

ट्राफिक प्रहरी कार्यालय रोल्पाका तत्कालीन प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं। ट्राफिक प्रहरी कार्यालय रोल्पाका तत्कालीन प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित मंसिर दोस्रो साता पक्राउ परेका प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले बुढाथोकीलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा उनले घुस लिएको पुष्टि भएकाले कैद र बिगो बमोजिमको जरिवाना सजाय माग दाबी लिएर मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका