जोडिनुहोस
  • होमपेज
  • सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं। यही १८ गते सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनको तयारी तीव्र पारिएको छ । यसका लागि सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् ।

हिउँदे अधिवेशनको तयारी स्वरुप सभामुख घिमिरेले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

हिजो दलका मुख्य सचेतक र सचेतकहरूसँग सिंहदरवारमा छलफल भएको थियो । यसअघि सभामुखले आइतबार सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक र सचेतकसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका