जोडिनुहोस
  • होमपेज
  • ६९.८० अंकले बढ्यो नेप्से, १२ अर्ब ९५ करोडको कारोबार

६९.८० अंकले बढ्यो नेप्से, १२ अर्ब ९५ करोडको कारोबार

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले बढेको छ ।

आज बजार ६९.८० अंकले बढेर २७२७.५८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । आइतबार १२ अर्ब ९५ करोड ५७ लाख रूपैयाँको कारोबार भएको छ।

आज २ सय २ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ३ कम्पनीको भने स्थिर रहेको छ।

पछिल्लो समय पटकपटक करेक्सन र साइडवेजमा रहँदै आएको सेयर बजारमा यो हप्ताको सुरुवातमै उच्च अंकको वृद्धि भएको हो। अब २८०० बिन्दुको ब्रेक आउट गरेर अगाडि बढ्ने अनुमान गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका