जोडिनुहोस
  • होमपेज
  • मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छः महासचिव पोखरेल

मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छः महासचिव पोखरेल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानले आज जापानको टोकियोमा आयोजना गरेको ‘देशको समसामयिक परिवेश तथा नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरूको लगानीका अवसर र चुनौतहरू’ विषयक अन्तरक्रिया कार्यक्रमा महासचिव पोखरेलले सबैले मिलेर मुलुक बनाउनुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले जापानमा बस्ने नेपालीले पनि मुलुक बनाउनका लागि योगदान गर्नुपर्ने बताए । उनका स्वकीय सचिव सरोज रेग्मीका अनुसार महासचिव पोखरेलले आलोचनाले मात्र देश नबन्ने उल्लेख गरे।

मुलुकमा लगानी गर्ने वातावरण वर्तमान सरकारले बनाइरहेको उनको भनाइ थियो । महासचिव पोखरेलले संविधान उत्कृष्ट भए पनि राज्य बलियो नहुँदा मुलुक अगाडि बढ्न नसकेको उल्लेख गर्दै प्रवासी नेपालीलाई मुलुकप्रति सकारात्मक धारणा बनाउन आग्रह गरे ।

“अर्थतन्त्रको आधारशिला कामदार हुन् । नेपालमा श्रमिकको सङ्ख्या धेरै छ । अब कानुनी सुधार र राजनीतिक सुधारको बाटोबाट अगाडि बढ्ने प्रत्यनमा छौँ ।”

कार्यक्रममा एमाले केन्द्रीय सदस्य सूर्य पाठकले जापानमा रहेका प्रवासीलाई नेपालमा आएर लगानी गर्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका