जोडिनुहोस
  • होमपेज
  • आफूविरुद्ध छानबिन गर्ने कर्मचारीलाई ट्रम्पले गरे बर्खास्त

आफूविरुद्ध छानबिन गर्ने कर्मचारीलाई ट्रम्पले गरे बर्खास्त

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरुद्ध छानबिनमा संलग्न ‘जस्टिस डिपार्टमेन्ट’का कामदारलाई अवकाश दिएका छन्।

ट्रम्पले नियुक्त गरेका कायममुकायम महान्यायाधिवक्ता जनरल जेम्स म्याकहेन्रीले ती अधिकारीले ट्रम्पको एजेन्डामा सहयोग गर्ने विश्वास नभएका कारण यो निर्णय गरेको बताएका छन्।

ट्रम्पले सन् २०२० को निर्वाचन परिणाम उल्ट्याउन गरेको प्रयास तथा आफूले राष्ट्रपति कार्यालय छाडेपछि कागजात लुकाउन गरेको प्रयासमा छानबिन गरेका अधिकारी ज्याक स्मिथले भने यसअघि नै राजीनामा दिएका थिए।

ट्रम्पले मियामीमा बोल्दै आफू अर्को कार्यकाल फेरि राष्ट्रपति नहुने कुरा पक्का नभइसकेको बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका