जोडिनुहोस
  • होमपेज
  • पूर्वाधार तथा विकास समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन

पूर्वाधार तथा विकास समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार तथा विकास समितिले खानेपानी मन्त्रालयमा भएको आगलागीको निरीक्षण गरेको छ ।

आइतबार समितिका सभापति दीपक बहादुर सिंह नेतृत्वको समितिको टोलीले खानेपानी मन्त्रालयमा भएको आगलागीको स्थलगत निरीक्षण गरेको हो ।

समितिलाई खानेपानीमन्त्री प्रदीप यादवले आगलागीको घटना र क्षतिका बारेमा जानकारी गराएका थिए । समितिका सभापति दीपक बहादुर सिंहले यस घटनाले पाठ सिकाएको बताउँदै अब यस्ता घटना दोहोरिन नदिन सबै सचेत हुनुपर्ने बताए । उनले निरीक्षणका क्रममा कार्यालयका कागजपत्रमा कुनै पनि क्षति नपुगेको समेत बताए ।

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान आगलागी भएको थियो । प्रारम्भिक अनुसन्धानमा विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका