जोडिनुहोस
  • होमपेज
  • अध्यादेश पारित गर्न सङ्ख्या गन्ने बेला आइसकेको छैनः प्रधानमन्त्री

अध्यादेश पारित गर्न सङ्ख्या गन्ने बेला आइसकेको छैनः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताएका छन् ।

अध्यादेश पास गर्नका लागि सत्तापक्षको सङ्ख्या पुग्ने वा नपुग्ने भन्ने सम्बन्धमा आज सङ्घीय संसद् भवन परिसरमा सोधिएको प्रश्नबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद्को सङ्ख्या गन्ने बेला आइनसकेको बताए ।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा छ वटा अध्यादेश जारी गरेको थियो । संसद् नियमावलीअनुसार संसद् बैठक सुरु भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका